Section 20
सामुदायिक वन पुन
हस्तान्तरण गर्न सकिनेः (१) दफा १९ को उपदफा (१) बमोजिम कुनै सामुदायिक वन फिर्ता लिने गरी भएको निर्णय उपर सोही दफाको उपदफा (२) बमोजिम उजुरी परी प्रदेश वन निर्देशकबाट त्यस्तो निर्णय बदर भएमा डिभिजनल वन अधिकृतले त्यस्तो सामुदायिक वन साविककै उपभोक्ता समूहलाई पुनः हस्तान्तरण गर्नु पर्नेछ।

(२) दफा १९ को उपदफा (१) बमोजिमको निर्णय उपर सो दफाको उपदफा
(२) बमोजिम उजुर नपरेमा वा त्यस्तो उजुर परी सो निर्णय सदर भएमा डिभिजनल वन अधिकृतले दफा १८ बमोजिमको प्रक्रिया पूरा गरी उपभोक्ता समूह पुनर्गठन गरी सो सामुदायिक वन हस्तान्तरण गर्नु पर्नेछ।